Nepalsk


करेन्सा अनलाइन स्कुलमा (NoTe Norwegian Teaching) हजुरहरुलाई स्वागत छ – जहाँ सबै स्तरको अनलाइन नर्वेजियन पाठ्यक्रमहरू उप्लब्ध छन। हाम्रो नर्वेजियन पाठ्यक्रमले तपाईंलाई नर्वेजियन परीक्षा र बर्गेन परीक्षाको लागि तयार गर्दछ, र साथ साथै UDI र Kompetanse Norge द्वारा अनुमोदित छ। अनलाइन कोर्सहरू नर्वेजियन मातृभाषा भएको एक सक्च्छम शिक्षकद्वारा पढाईने छ र वहाँले नर्वेली शिक्षामा लामो समयदेखि काम गरी सक्नुभएको छ।

अनलाइन कोर्सका फाईदाहरु 

हाम्रो पाठ्यक्रमहरू अनलाइन छन् र तेसैले धेरै लचिलो छन् । जहिले र जसरी अध्ययन गर्न सक्नुहुन्छ, तपाईंको इच्छा! पाठ्यक्रमहरू जीवनका सबै परिस्थितिहरूको लागि उपयुक्त हुन्छन्, चाहे तपाई व्यस्त हुनुहुन्छ र धेरै काम गर्नुहुन्छ, अथवा घरमा बस्नुहुन्छ वा अध्ययन गर्नुहुन्छ।

हामीसँग A1, A2, B1, B2 C1 स्तरहरूका पाठ्यक्रम छन्। तपाईले शुरुवती देखी उच्च स्तर सम्मका पाठ्यक्रमहरू छनौट गर्न सक्नुहुन्छ, र नर्वेजियन भाषामा दक्षता हासिल गर्न सक्नुहुन्छ। हाम्रो पाठ्यक्रमहरूको अधिकतम लाभ लिन प्रत्येक दिन २-३ घण्टा पढ्न सक्नु हुनेछ (आफ्नो खाली समयमा)।

स्वास्थ्य क्षेत्रमा र किन्डरगार्डनमा काम गर्नेहरूका लागि हामीसँग नार्वेजियन स्वास्थ्य र नर्वेजियन प्रिस्कूल पाठ्यक्रमहरू पनि उपलब्ध छन्। अझै हामीसँग मौखिक प्रशिक्षण पनि छन जो मौखिक नर्वेजियनमा सुधार गर्न चाहनुहुन्छ। यदी तपाईंहरु ५० घण्टाको सामाजिक विज्ञान पाठ्यक्रम लिन चाहनुहुन्छ, हामी यसलाई नर्वेजियन, अरबी र अंग्रेजी भाषामा प्रदान गर्दछौं।

राम्रा शिक्षक र गुणस्तर कोर्सहरू

अनलाइन स्कूल २०१५ मा शुरू भएको थियो। नर्वेजियन शिक्षणमा करेन्सासँग १५ बर्ष भन्दा बढीको अनुभव छ। अनलाईन स्कूलमा योग्य नर्वेली शिक्षकहरूको टोली रहेको छ जसले हाम्रो विद्यार्थीहरूलाई मार्गनिर्देशन गर्दछन। अनलाइन कोर्सहरूको साथसाथै, तपाईं हाम्रो निःशुल्क श्रोत साधनको फाइदा लिन सक्नुहुन्छ, जस्तै करेन्साको यूट्यूब भिडियोहरू, पोडकास्टहरू, भ्वाइस सन्देशहरू, इन्स्टाग्राम खाता र फेसबुक समूह आदी।

हाम्रो बिभिन्न च्यानलहरूका बारे यहाँ थप पढ्नुहोस्।

व्यक्तिगत मार्गदर्शनको साथमा पाठ्यक्रमहरू

नर्वेजियन अनलाइन पाठ्यक्रमहरूले पढ्ने, सुन्ने, लेख्ने, र बोल्ने कार्यहरु समावेश गर्दछ। अनलाइन स्कूलमा बुझाइएका लेखन कार्यहरू हाम्रा शिक्षकहरूद्वारा पढ्ने, सुधार गर्ने र मूल्याकन गर्ने काम हुन्छन्। साथै अर्को पटक कसरी राम्रो बनाउने भन्ने बारेका सुझावहरू पनि हजुरहरुले प्राप्त गर्नुहुनेछ। हाम्रो पाठ्यक्रमको बारेमा जानकारी लिन साथ साथै बुज्नको लागि हामीलाई ईमेल पठाउनुहोस्। 

हाम्रो पाठ्यक्रमहरू यहाँ हेर्नुहोस्

साथै पाठ्यक्रमहरूमा प्रति महिना शिक्षकसँग १ घण्टाको कुराकानी पनि समावेश छ। यी समय मौखिक कुराकानी प्रशिक्षणको लागि प्रयोग गर्न सकिन्छ, जहाँ तपाईं आफ्नो उच्चारण सुधार गर्न सक्नुहुन्छ र नर्वेजियन बोलाई राम्रो बनाउन सक्नुहुन्छ, केवल लेख्ने र पढ्ने मात्र होइन। व्याकरण समीक्षा गर्न पनि तपाई यस समयको प्रयोग गर्न सक्नुहुनेछ जुनमा तपाईं अनिश्चित हुनु हुन्छ वा जागिरको लागि अन्तर्वार्ता तयार गर्दै हुनु हुन्छ आदि इत्यादि। 

१ घण्टाको कुराकानी पछि कुराकानीको सारांशमा तपाईले सिकेका चीजको साथमा, तपाईंले अभ्यास गर्न आवश्यक शब्दहरू र तपाइँको लागि उपयोगी संसाधनहरूको लिंकहरू पाउनु हुनेछ।

सबै स्तरहरूमा अंग्रेजी पाठ्यक्रम

NoTe ले सबै स्तरहरूको अंग्रेजी पाठ्यक्रम, साथै व्यवसायिक अंग्रेजी पनि प्रदान गर्दछ। हामीसँग १ देखी ६ महिनासम्मका अनलाइन कोर्सहरू छन् (B1 सम्म)। यदि तपाई पाठ्यक्रम पूरा गरे पछि उच्च स्तरको पढाई चाहानुहुन्छ भने तपाई शिक्षकको साथ समय बुक गर्न सक्नुहुनेछ।

अंग्रेजी कोर्सहरू केवल अंग्रेजी सिक्न चाहनेहरूको लागि मात्र होईन, TOEFL अथवा IELTS परीक्षा दिनेहरुका लागि पनि हो जसले विदेशका विश्वविद्यालयमा प्रवेश गर्न सोचीरहनु भएको छ। हाम्रा अंग्रेजीका शिक्षकहरु अमेरिकाका हुन् र नर्वेमा बस्छन्।  

करेन्सालाई यहाँ भेट्नुहोस्

करेन्साको यूट्यूब च्यानलबाट तपाईं पढन र सिक्न सक्नुहुन्छ र साथ साथै अनलाइन पाठ्यक्रमहरूको स्वाद प्राप्त गर्न सक्नुहुन्छ। हाम्रो अनलाइन पाठ्यक्रमहरू कस्ता छन् भनेर हेर्नको लागि यो भिडियो हेर्नुहोस्:

साइन अप

हामी हाम्रो पाठ्यक्रमहरूमा नयाँ विद्यार्थीहरूको स्वागतको लागि तत्पर छौं। तपाई जहा जुन स्तरमा भएपनी हामी सबैलाई स्वागत गर्दछौं। हाम्रो लक्ष्य तपाईलाई नर्वेली भाषामा अझ राम्रो बनाउनु हो।

Kontakt

+47 400 48 599
post@note.no